झापा । झापाको शिवसताक्षी नगरपालिकामा चलिरहेको ट्रयाक्टरबाट खस्दा एक सहचालकको ज्यान गएको छ।
आज साँझ करिब ६ बजे शिवसताक्षी नगरपालिका वडा नं. ६ अन्तर्गत जामबारीस्थित झिलझिले–कुञ्जिबारी पक्की सडकखण्डमा भएको हो। बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्रयाक्टरबाट खस्दा सोही ठाउँ निवासी २२ वर्षीय नारायण राजवंशी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा रहेका राजवंशीलाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
ट्रयाक्टर चालक सोही स्थानका ३० वर्षीय नितेश घिमिरेलाई इलाका प्रहरी कार्यालय शिवगञ्जले नियन्त्रणमा लिएको छ।दुर्घटनामा संलग्न ट्रयाक्टर पनि प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












