शिवसताक्षी । ।झापा शिवसताक्षी १ स्थित परबासी टोलका अग्नी पीडितलाई स्थानीय समाजसेवी दुर्गा नेम्वाङ्गले सहयोग रकम प्रदान गरेका छन् ।

गएको फागन १ गते विहान ११ बजे स्थानीय टंगप्रसाद गड्तौलाको घरमा आगलागी भई सम्पूर्ण सामान जलेर नष्ट भएको थियो ।

स्थानीय समाजसेवी नेम्वाङ्गले मनकारी साथीभाईहरुसँग रकम कलेक्सन गरेर अग्नी पीडित बृद्ध टंकप्रसाद गौड्तौलालाई १६ हजार बढी रकम हस्तान्तरण गरेका हुन् । मानव भएर जन्म लिई सकेपछि समाज आफुजस्तै मानिसहरु विपत्तीमा पर्दा मानविय हिसाबले सहयोग गरेको दुर्गा नेम्वाङ्गले बताए । घरमा बृद्ध बुबा हुनुहुन्छ । अचानक घरमा आगो उहाँहरुलाई खाने बस्नेको समस्या भयो । उहाँहरुको दुःखलाई मलमट्टी लगाउने काम गरिएको समाजसेवी नेम्वाङ्गले जानकारी दिए ।

नेम्वाङ्ग गएको स्थानीयतहको निर्वाचनमा शिवसताक्षी १ का वडाध्यक्ष पदमा उपविजेता हुन् । उनले वडाध्यक्षमा जीत हासिल गर्न सकेपनि वडाका सामाजिक कामहरुमा सक्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0