शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं.९ का अग्नी पीडित नारदमणी पौडेललाई नेकपा एमालेले राहत स्वरुप नगद प्रदान गरेको छ । शिवसताक्षी ९ चिल्लागढ स्थित पौडेलको घरमा सोमबार विहान अचानक विद्युत सट हुँदा आगो लागेको थियो ।
आगलागीबाट घरमा सम्पूर्ण सामान जलेर नष्ट भएपछि नेकपा एमालेले ९ नम्बर वडा कमिटीले आज पीडित परिवारलाई २९ हजार ३ सय नगद प्रदान गरेको नेकपा एमाले वडा नं. ९ का वडाध्यक्ष लोकेश खनालले जानकारी दिए । पीडित परिवारलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, नगर कमिटी अध्यक्ष मेदनी दंगाल लगायतले रकम प्रदान गरेका हुन् ।

पौडेल नेकपा एमालेका संगठीत सदस्य हुन् । घरमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएपछि उहाँको घाउमा केही मलम पट्टी लगाउने काम गरेको वडाध्यक्ष खनालले बताए । उनले वडा कमिटीको अगुवाईमा पार्टीका विभिन्न कमिटीमा रहेका नेताहरुबाट संकलन गरेर रकम प्रदान गरिएको जानकरी दिए ।
रकम ग्रहण गर्दै पौडेलले पार्टीले नेकपा एमाले लगायत सहभागी नेताहरुलाई धन्यवाद दिएका थिए । पछिल्लो समय पार्टीले दुःख परेको बेला हेर्दैन भन्ने सुन्थ्यिो तर होइन रहेछ, उनले भने, आज मलाई तपार्ईँहरु आएर मेरो दुःखमा साथ दिनुभयो । यो नै मेरो लागि ठूलो कुरा हो ।
नेकपा एमाले वडा नं. ९ ले विभिन्न समयमा सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।












