शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ अन्तर्गत न्यूनतम रोजगारी, आन्तरिक रोजगारी र वैदेशिक रोजगारीका विशेषता तथा प्रभाव सम्वन्धमा छलफल चलिरहेको छ ।

नगरका वडा नं. १, २, ३ र ८ नम्बर वडामा सरोकारवाला निकायहरुसँग शिवसताक्षीको रोजगार सेवा केन्द्रले छलफल गरेको हो । सेवा केन्द्रले वडाका जनप्रतिनिधि, कर्मचारी, वडा क्षेत्रका बजार समिति, सहकारी, निजी विद्यालय, होटल व्यवयसायी, ठेक्केदार तथा ढवानी व्यवसायी, उद्यमी, व्यवसायिक किसान, बैदेशिक रोजगार सम्बद्ध सरोकारवाला, रिटर्नी संस्थाका प्रतिनिधि, बुद्धिजिवी र अन्य व्यवसायीहरुसँग छलफल गरेको रोजगार सेवाकन्द्रका प्रमुख विदुर तिम्सिनाले जानकारी दिए ।

रोजगार सेवा केन्द्रका प्रमुख बिदुर तिम्सिनाले कार्यक्रमको सहजीकरण गरेका थिए । ४ वडाका कार्यक्रममा सय बढीको सरोकारवाला नियकायका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले न्यूनतम रोजगारीको अवसर सिर्जना गर्न स्थानीय तहको भूमिका, आन्तरिक रोजगारीमा आवश्यक सीप विकास तथा लगानीको आवश्यकता र वैदेशिक रोजगारीको अवसर र चुनौतीबारे चर्चा गरे । सहभागीहरूले युवाहरू विदेशिनु पर्ने बाध्यता, नेपालमा रोजगारीको अस्थिरता, न्यूनतम ज्याला पाउने समस्या, र सीप अभावजस्ता विषयमा छलफल गरेका थिए ।

रोजगारी सम्बन्धी समस्याको समाधानका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गर्नुपर्ने सुझाव दिइयो । साथै, प्रविधिमा आधारित सीपमूलक तालिमको आवश्यकता, न्यूनतम ज्याला सुनिश्चित गर्ने नीति र सुरक्षित वैदेशिक रोजगारीका लागि प्रभावकारी व्यवस्थापनको आवश्यकता औंल्याए ।

सहभागीहरुले नगर भित्र दक्ष जनशक्ति उत्पादनका लागि बजार मागमा आधारित भएर सीप विकासका कार्याक्रमहरु चलाउनु पर्ने सुझाब दिएका थिए ।

नगरपालिकाका अधिकांश क्षेत्रहरु कृषिमा आधारित भएकाले कृषिको व्यवसायिकरण तथा प्रशोधनमा आधारित उद्योग स्थापना र विकास जोड दिनु पर्नेमा अधिकांश सभागिहरुको भनाई थियो ।

नगरले नगर क्षेत्रको रोजगार नक्सांकन गर्ने प्रयोजनका लागि रोजगार सेवा केन्द्रले नगरका ११ वटै वडामा छलफल चलाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0