बिर्तामोड । झापाको चारकोशे झाडी जलथल जंगलमा एउटा जंगली हात्ती मृत फेला परेको छ ।
हिजो साँझ ७ः३० बजे कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको त्यहाँका वन समितिले जानकारी गराएको हो ।
३–४ वटा जंगली हात्ती वरिपरि बसेकाले त्यहाँ जान सकिएको छैन ।
आज बिहान वन डिभिजन कार्यालयबाट टोली त्यसतर्फ गएको वन अधिकृत जीवन पाठकले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












