शिवसताक्षी । नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोस्रो नगर अधिबेशनबाट नव निर्वचित पदाधिकारीहरुलाई एक कार्यक्रमका बिच सपथ ग्रहण सम्पन्न गरिएको छ ।

शिवसताक्षी ४ जनता बजार स्थित साना किसान सहकारी संस्थाको सभाहलमा अयोजित नव नवनिर्वाचित नगर कमिटीलाई सपथ ग्रहण, सिरुवा तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा नव निर्वाचित नगर कमिटीहरुलाई सफत ग्रहण गरिएको छ ।

उनीहरुलाई निर्वचन प्रमुख एनपि लामिछानेले सपथ ग्रहण गराउनु भयो ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै पुर्व मन्त्री दर्लामीले अहिलेको सरकार सेटिङबाट बनेकाले देशलाइ थप अध्यारो तर्फ धकेली रहेको बताउनु भयो ।

उहाँले सरकार भ्रष्टचारमा लिप्त भएर लागि परेको भन्दै देश लार्इ शुसासन र अग्रगामी छ्लाङ मार्न नेकपा माओबादी ( केन्द्र ) बाहेक अरु बिकल्प नभएकाले एक ढिक्का भएर लागे ०८४ मा ठुलो पाटी बनाउन सकिने बताउनु भयो ।

उक्त कार्यक्रममा प्रदेश कमिटी उपाध्यक्ष शिव कुमार डाँगी ,प्रदेश कमिटी सदस्य रामकुमार राई , प्रदेश कमिटी सचिवलय सद्स्य कल्पना कार्की (भुमिका) अधिबेशनका निर्वाचन प्रमुख एन पि लामिछाने लगायतले नवनिर्वाचित नगरकमिटीहरुलाई बधार्इसँगै नव बर्षको शुभकामना प्रदान गरेका थिए ।

गएको चैत ९ गते सम्पन्न दोस्रो नगर अधिबेशनबाट युवा नेता दुर्गा नेम्बाङको अध्यक्षमा ४५ जनाको नगर कमिटी सर्वसम्मत चयन भएका थिए ।

दोस्रो एतिहासिक अधिबेशनले जिल्ला कमिटी सद्स्य समेत रहेका राजनीतिक तथा सामाजिक ब्यक्तित्व युवा नेता नेम्बाङ सहित उपाध्यक्षमा क्रमशः राजु दर्नाल,कचाली ताजपुरिया र भुवन राई सर्बसम्म्त चयन भएका थिए भने सचिबमा धनकुमार ढकाल, सह सचिबमा भुवन सेन्दाङ र देबिका खनाल साथै कोषाध्यक्षमा हेम बहादुर कार्की९सुमन०चयन भएका थिए ।

त्यसैगरी उक्त अधिबेशनले ४५ जनाको जम्बु नगर सदस्य समेत चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0