उमानाथ भण्डारी

कमल । झापाको शिवसताक्षीका सामुदायिक विद्यालयहरुले पूर्वाधार विकास, शिक्षाको गुणस्तरमा फड्को मारेको पाइएको छ । नगरपालिकाले वर्षेनी शिक्षामा न्यायोचित बजेटको व्यवस्था गरेसँगै नगरका सामुदायिक विद्यालयहरु अब्बल बन्दै गएका हुन् ।

नगरपालिकाको मेरुदण्डका रुपमा रहेको नगरको शिक्षा क्षेत्रलाई बलियो बनाउन शिवसतासी नगरपालिकाले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्त सुधार गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागी नगरपालिका प्रयासरत रहेको छ ।

नगरपालिका भित्र हाल सामुदायिक विद्यालय तर्फ कक्षा १ देखी १२ सम्म सञ्चालनमा भएका १२ वटा, कक्षा १ देखी ८ सम्म सञ्चालनमा भएका ९ वटा, र कक्षा १ देखी ५ सम्म सञ्चालनमा भएका १४ वटा विद्यालय सञ्चालनमा रहेका छन् भने धार्मिक विद्यालय ३ वटा सञ्चालनमा रहेका छन् ।

त्यस्तै विद्यालयमा आधारित बालविकास केन्द्र ६२ वटा रहेका छन् । गत शैक्षिक सत्रमा ईमिसमा रहेको तथ्याङ्क अनुसार सामुदायिक र धार्मिक विद्यालयमा कुल विद्यार्थी सङ्ख्या १० हजार ३ सय ७९ जना अध्ययनरत रहेका थिए भने चालु शैक्षिक सत्रमा शिक्षक आन्दोलनका कारण विद्यालय ढिलो गरि सञ्चालन भएकोले विद्यार्थी आउने क्रम जारिरहेको विद्यालय प्रशासनले जनाएका छन् ।

नगरपालिकाले शिक्षामा सुधार गर्नका लागी विद्यालय स्मार्ट विद्यालय घोषणा गरि शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

जस अन्तरगत वडा नम्बर १० स्थित आँपटारीमा रहेको बाल निकुञ्ज माध्यमिक विद्यालयमा कक्षा नर्सरी देखी कक्षा १२ सम्म अध्ययन हुने गर्दछ । यस विद्यालयमा विद्यार्थी र अभिभावकको चाहना अनुसार नेपाली र अङ्ग्रेजी दुबै माध्यम बाट पढाई हुने गर्दछ । विद्यालयमा ८ सय ४० जना विद्यार्थी रहेको यस विद्यालयमा कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान विषय पढाई हुने गर्दछ ।

नगरपालिकाले स्मार्ट विद्यालय घोषणा गरी विद्यालयको शैक्षिक सुधारको लागी विभिन्न सहयोग समेत गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक भुवानी प्रसाद थापा बताउनुहुन्छ ।

विद्यार्थी सङ्ख्या न्यून भएका कारण नजिकका विद्यालय सँग मर्ज हुन तयारीमा रहेको वडा नम्बर १० स्थित श्रीजङ्ग आधारभुत विद्यालयमा अहिले १ सय १७ जना विद्यार्थी छन् । विद्यालय सुधारका लागी कक्षा कोठालाई प्रविधि मैत्री बनाउदै र अभिभावक सँगको निरन्तर सम्मवाद र सहकार्यले अहिले विद्यालय रामो भएको विध्याल की प्रधानाध्यापक अन्जु कुमारी गौली बताउनु भयो ।

नगरपालिकाको वडा नम्वर ११ दुधे स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय नगरपालिकाकै उत्कृष्ट विद्यालयमा पर्दछ । जसमा विज्ञान प्रयोगशाला, शुद्ध पिउने पानी, पुस्तकालय सँगै प्रविधि मैत्री कक्षा कोठा रहेको विद्यालयका प्रधानाध्यापक गिरिराज सेर्माले बताउनु भयो ।

शिवसतासी नगरपालिका वडा नम्बर ७ लालझोडा स्थित भानु माध्यमिक विद्यायल नगरपालिका कै प्राविधिक विषय अध्यापन हुने विद्यालयको हो । यस विद्यालयमा कम्प्युटर इन्जिनियरिङ विषय पढाई हुने गर्दछ ।

कक्षा ९ देखी १२ सम्म प्राविधिक विषय तर्फ कम्प्युटर इन्जिनियरिङ विषय अध्यायन हुन थालेपछी विद्यार्थीको सङ्ख्यामा समेत वृद्धी भएको छ । विद्यार्थीलाई सैद्धान्तिक विषयका साथै व्यवहारीक ज्ञानकालागी विज्ञान र कम्प्युटर विषय सम्बन्धित प्रयोगशालाको समेत व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक डाम कुमार कुँवर जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर ७ फाक्तेवमा सञ्चालनमा रहेको वालसेवा आधाभुत विद्यालय स्मार्ट विद्यालयमा छनौटमा परेको विद्यालय हो । यस विद्यालयले शिक्षक , अभिभावक र चन्दादाताको सहयोगमा स्कुल वस सञ्चालन गरेको छ । जसका कारण विद्यार्थीको सख्यामा समेत वृद्धि भएको विद्यालयका प्रधानाध्यापक बेनु कार्की बताउनु भयो ।

शिवसतासी नगरपालिका वडा नम्बर ५ स्थित सालमारामा सुर्योदय आधारभुत विद्यालय सञ्चालनमा रहेको छ । किताबी ज्ञानका साथै विध्यार्थीको रुचिअनुसार अतिरित्त कृयाकलाप सञ्चालन हुने गर्दछ । विद्यालय विहान पौने १० बजे नै प्रेयर सुरु भएर र १० बजे कक्षा सञ्चालन हुने गर्दछ । विद्यार्थीलाई अतिरिक्त कृयाकला अन्तरगत विभिन्न सस्कार सस्कृतीसँग सम्बन्धित गायन नृत्यका साथै विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान सिकाउने गरेको विद्यालयका प्रधानाध्यापक जगत विर लिम्बु बताउनुहुन्छ ।

शिवसतासी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका निम्ति धेरै काम गरेको छ । जस अन्तरगत भौतिक पुर्वाधार नभएका विद्यालयको भौतिक सुधार गर्नुका साथै शिक्षकको क्षमता विकासका लागी विभिन्न तालिम सञ्चालन गरेका छौं । कक्षा कोठालाई स्मार्ट कक्षा बनाउनकालागी प्रविधि मैत्री बनाउदै लगिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख छबीलाल ढकाल बताउनुहुन्छ ।

नगरपालिकामा सञ्चालनमा रहेका सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागी नगरपालिका बाट धेरै कामहरु भएका छन् । जस अन्तरगत मेयर स्मार्ट विद्यालय कार्यक्रम सञ्चालनमा रहेको छ भने कक्षा कोठालाई प्रविधि मैत्री बनाउदै लगेको उपप्रमुख नरमाया कार्की बताउनु हुन्छ ।

शिवसतासी नगरको शिक्षालाई सुधार गर्न हामिलागी परेका छौं । हिजोको भन्दा आज नगरभित्र सञ्चालन भएका सामुदायिक विद्यालय भौतिक तथा शैक्षिक सुधारमा धेरै प्रगती भएको छ । विद्यालयको भौतिक सुधार सँगै गुणस्तर पनि गएको वर्षहरु भन्दा सुधार हुँदै गएका छन् । विद्यायलमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएसँगै अब सामुदायिक विद्यालयहरु पनि अब्बल बन्दै गएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, त्यतिलाई मात्र पर्याप्त ठानेका छैनौ । शैक्षिक गुणस्तरका लागि नियमित अनुगमन र सुधार गर्दै लाने छौ ।

नगर भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा नगरपालिकाको तर्फ बाट भौतिक संरचना निर्माण भएपनि केही विद्यालयहरूमा भैतिक संरचना अपुरो नै छ । आधारभूत भौतिक संरचना अपूरो, शिक्षकको दरबन्दी अधुरो रहेकाले पनि सोचे जस्तो सिकाइ उपलब्धि पर्याप्त हुन छैन ।

अगामी दिनमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका निम्ति जनप्रतिनिधि ,शिक्षक र अभिभवकको सहकार्य भएमा अवश्यपनि नगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0