शिवसताक्षी । झापाको शिवसताक्षीमा कारितास नेपालद्वारा विद्यार्थीहरुलाई एक दिवसीय करियर काउन्सिलिङ कार्यक्रम गरेको छ ।

मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत शिवसताक्षी नगरपालिका वडा नं ६ शिवगञ्जको श्री जनआदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एक दिवसीय करियर काउन्सिलिङ कार्यक्रम गरेको हो ।

कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुलाई करियर बनाउन अपनाउनु पर्ने विषयहरुको बारेमा चर्चा गरिएको थियो । विद्यार्थीहरुको आफ्नो रुची, क्षमताको पहिचना गरी आत्मविश्वासको विकास गर्दै अघि बढ्नु पर्ने सहजकर्ता प्रदिपकुमार विष्टले सुझाएका थिए । विद्यार्थीहरुले पढाई साथ साथै करियर बनाउदै जाँदा त्यसमा आईपर्ने चुनौतिहरु र त्यसका सामाना कसरी गर्ने भन्ने विषयहरुलाई समेत उठान गरिएको समाजिक परिचालक चिरञ्जिवी लुईटेलले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्की, सिकिन पासवान, कारितास नेपाल दमक प्रादेशिक कार्यालयबाट जुनियर परियोजना अधिकृत सन्तोषी थन्दार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन तिम्सिना, प्र.अ. तुलसी प्रसाद अधिकारी लगायतलको उपस्थिति रहेको थियो ।

सामाजिक परिचालक चिरञ्जिवी लुईटेलको अध्यक्षतामा भएको कार्यक्रम ज्येष्ठ नागरिक भवन शिवगञ्जमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0