झापा । इलाममा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । जङ्गली च्याउ खाएकै कारण १७ वर्षीय युवती नुमा लावतीको ज्यान गएको हो।
लावतीको आज दिउँसो २.४० बजे विराट नर्सिङ विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
जंगली च्याउ खाएर सिकिस्त बनेकी उनको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ ५ लारुम्बा घर भई हाल सूर्योदय वडा नं. ४ ठुलो श्रीबुङगस्थित आमत थुलुङ राईको घरमा डेरामा बसी ज्यालामा चिया टिप्ने काम गर्दै आएका तीनजनाले मंगलवार बेलुका जंगली च्याउ खाएका थिए । जंगलबाट ल्याएको जंगली च्याउ खाएर इलाम माङसेबुङ ५ लारुम्बा बस्ने ५२ वर्षीय अमर लावती ,सोही ठाउँ बस्ने १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा थेगिम लिम्बू बुधवार दिउँसो सिकिस्त बनेका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।












