शिवसताक्षी । अखिल नेपाल महिला संघ क्षेत्र नं. ४ को अध्यक्षमा मेरिना कार्की सर्वसम्मत चयन भएकी छिन् ।

आज शिवसताक्षीको दूधेमा भएको दोस्रो क्षेत्रीय सम्मेलनबाट दुई वर्षे कार्यकालका लागि कार्की सर्वसम्मत चयन भएकी हुन् ।

कमिटीको उपाध्यक्षद्वयमा विन्दा पौडेल, मन्दिरा पाठक, सचिवमा मञ्जु सापकोटा, सहसचिवमा उमा माझी, कोषाध्यक्षमा अम्बिका शिवाकोटी सर्वसम्मत चयन भएको अखिल नेपाल महिला संघ जिल्ला कमिटी सचिव कोपिला चम्लागाईँले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा विखमाया कार्की, विमला लुईटेल, सन्तकुमारी मुखिया, धनकुमारी कार्की, प्रिती भारती, तारादेवी विश्वकर्मा, उमा रिजाल रहेका छन् । त्यस्तै मुस्लिम सदस्यमा रजिया खातुन, दलित सदस्यमा रिना दर्नाल, जानजातिमा मनमाया तामाङ्ग, युवामा खुस्वु सिग्देल र चन्द्रावती ताजपुरिया रहेका छन् ।

क्षेत्रीय कमिटीको २१ जनाको सदस्यहरुमा क्षेत्रगत हिसाबमा मिलाएर नवनिर्वाचित कमिटीले मनोनित गर्ने जनाएको छ ।
कार्यक्रमम प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले आफु जिम्मेवारीमा नरहरदा संगठन कमजोर हुन्छ भन्ने भावना त्याग्नु पर्ने बताउनु भयो । झापा जिल्लाले केन्द्रमा नेतृत्व गर्र्न क्षमता राख्ने व्यक्ति संगठनमा उत्पादन गर्नु पर्ने विषयमा उहाँको जोड दिनु भयो ।

सम्मेलनमा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा संविधान सभा अम्बिका खवास, अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला दाहाल, नेकपा एमाले प्रदेश कमिटी सदस्य चन्द्रकुमार सेर्मा, गजेन्द्र ताम्ली, नेकपा एमाले क्षेत्रीय संयोजक धनबहादुर थेवे, नेकपा एमाले शिवसताक्षी अध्यक्ष मेदनी दंगाल, नेकपा एमाले झापा गाउँपालिका अध्यक्ष मोहन घिमिरेलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्मेलनमा निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सल्लाहकार भोजकुमारी नेपालले बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ जिल्ला सचिव कोपिला चम्लागाईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0