शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा माघ २२ गतेबाट एच.पि.भि. खोप लगाउन सुरु गर्ने भएको छ । महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एच.पि.भि. खोप आगामी माघ २२ गतेदेखि नगर भित्रका किशोरीहरुलाई लगाउन सुरु गर्ने शिवसताक्षी नरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

शिवसताक्षी नगरपालिकामा रहेका भित्रका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरु विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइने शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रोषन अधिकारीले जानकारी दिए ।

माघ २२ गते नगरका ११ वटै वडामा रहेको सामुदायिक विद्यायल तथा नीजि विद्यालयहरुमा खोप अभियान सञ्चालन गरिने छ । अभियान प्रभावकारी ढंगले सञ्चालन गर्न खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरुलाई तालिम दिदै आएको नगरको स्वास्थ्य शाखाले जनाएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर बिरुद्धको एच.पि.भी.खोप देशैभरी एकैसाथ अभियानको रुपमा सञ्चालन गर्न लागेको हो ।

एच.पि.भी. एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व यही एच।पि।भी। हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन । तीमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने कारक तत्व मानिन्छन् । यसमध्ये प्रजाति १६ र प्रजाति १८ प्रमुख कारण हुन्छ भन्ने कुरा बिभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी २ प्रजातिबाट भएको पाइन्छ । पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पी.भी. भाइरसको संक्रमणबाट हुन्छ । यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ भने बिभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्युको पहिलो कारण बनेको छ ।

अहिले एच.पि.भी. खोप १४४ देशको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरुलाई दिँदै आइरहेको छ। त्यसैले यसको प्रभाबकारीता शतप्रतिशतसम्म रहेको बिभिन्न अध्ययनले देखाएको छ । कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई मुख्यत विद्यालय केन्द्रीत खोपकेन्द्रबाट एच. पि.भी. खोप दिइदैछ। पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पुर्‍याउन नेपाल सरकारले सन २०३० सम्म तीनवटा स्वास्थ्य सेवाका गन्तब्य निर्धारण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0