सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित घुस्कीमा भिनाजुले गोली हानी सालीको हत्या गरेको छ। गएराती २:३० बजेको समयमा हरिनगर-६ का १८ वर्षकी अरसी खातुनको टाउकोमा गोली हानी हत्या गरेको हो।

मृतक खातुनका भिनाजु भारतीय नागरिक घुर्ना बस्ने वर्ष २९ को अजाद मियाँ जटले साली अरसी खातुनको टाउकोमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गोली लागेपछि खातुनको घटनास्थलमै मृत्यु भएको छ भन्ने घटनास्थलबाट एउटा गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए ।

अभियुक्तको भारतमा समेत हत्या, अपहरण, चोरी र डकैती लगायतका दर्जनौ मुद्दा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनी भारतमा अपराध गरेर नेपाल पस्ने र नेपालमा अपराध गरेर भारत पस्ने गर्दै आएको प्रहरी अनुसन्धानवाट खुलेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0