काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम र भयावह परिस्थितिबाट कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निकाल्न सफल भएको बताएका छन्।

शनिबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन सकिएको उल्लेख गरेका छन्। उनका अनुसार अब छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रतर्फ अघि बढ्ने अवसर जनताले पाएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्न सबैलाई आह्वान गर्दै उनले भनेका छन्, “बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनतालाई रिझाउने र आफैंमा सम्हालिँदै चुनाव सम्पन्न गराउन सबै पक्षलाई हार्दिक अपिल गर्दछु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0