दमक । जेनजीको आन्दोलनमा आएका स्कूले विधार्थीलाई एम्वुलेन्समा लुकेर गोली हान्ने तत्वको निष्पक्ष छानविन हुनुपर्ने झापाको दमक नगरपालिकाका निर्वतमान प्रमुख रोमनाथ ओलीले बताउनु भएको छ ।

शान्तिपूर्ण आन्दोलनलाई भड्काउने नेपाली आमा बुवाको काख रित्याउने, विधार्थीको हत्यारालाई सुशिला कार्की नेतृत्वको सरकारले कडा कारवार्ही गर्नुपर्ने पूर्व नगर प्रमुख ओली बताउनु भएको हो ।

नेकपा (एमाले) दमक नगर कमिटीले आज संविधान दिवसको अवसरमा दमकको आकाशे पुल अगाडी आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै एमाले पार्टीको केन्द्रीय सदस्य तथा झापा इन्चार्ज ओलीले जेनजी कलिला पुस्तालाई गोली हान्नेलाई अनुसन्धान गरी कडा कारवार्ही गर्नुपर्ने पार्टीको माग रहेको जानकारी दिनुभयो । सरकारले गोली हान्ने आदेश दिएको छैन भन्ने कुरा पनि आएको छ, उहाँले थप्नुभयो । यसमा घुसपेठ भएको नेता ओलीको दावी छ ।

सरकारी भवनहरु अख्तियार, सर्वोच्च अदालत, संसद भवन, ब्यापारिक कम्प्लेक्सहरु र ब्यक्तिका निजी घरहरु छानी–छानी आगजनी गर्दा नेपाली सेना किन मुखदर्शक भएको भन्दै उहाँले प्रश्न गर्नु भयो । छानी छानी संचरना आगजानी गर्नेहरुको तस्वीर सार्वजानिक भइरहेको छ । त्यस्ता अपराधीलाई अहिलेको सरकारले कारवार्ही नगरुजेलसम्म एमालेले सडक आन्दोलन गरी रहने उहाँले बताउनु भयो । अन्य दलहरुले पूर्व तयारी नभएको, केन्द्रको सर्कुलर ढिलो आएको कारण संयुक्त रुपमा संविधान दिवस मनाउन नसकेको एमाले दमक नगर अध्यक्ष राम पौडेलले जानकारी दिनु भयो ।

यसैगरी कमल गाउँपालिकाको केर्खा बजारमा पनि एमाले गाउँ कमिटी कमलले आज संविधान दिवस मनाएको छ । सो कार्यक्रमलाई संविधानसभा सदस्य दिपक कार्कीले सम्वोधन गर्दै संविधानमा भएको ब्यवस्थालाई आत्मसाथ गर्दै नेपाली जनताले अघि बढनु पर्ने बताउनु भयो । एमाले केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ को इन्चार्ज समेत रहनु भएका कार्कीले जेनजीले सुशासनको उत्तम मुद्धा उठाए पनि त्यसमा घुसपैठ भएको उहाँको भनाई थियो । सो कार्यक्रममा नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0