झापा । झापाको बिर्तामोड– ८ मा हिजो एकादशीका दिन लागेको गरामनी मेलामा छुरा प्रहार हुँदा एकजना युवक गम्भीर घाइते भएका छन्।
हिजो साँझ ६:३० बजेतिर गरामनी मेलाको हल्दिवारी जाने बाटोमा बिर्तामोड– ७, गरामनी बस्ने १८ वर्षीय बर्षात राजवंशीमाथि छुरा प्रहार भएको हो।
गम्भीर घाइते राजवंशीलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको छ।
राति ८:२५ बजे बीएण्डसी अस्पतालमा खटिएको प्रहरीले घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको थियो।
त्यसलगत्तै अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा ३ जनाको टोली परिचालन भइ छुरा प्रहार गर्ने मानिसहरूको खोजी तथा पहिचान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












