काठमाडौं । नेकपा (एमाले) ले आगामी एघारौं महाधिवेशनको स्थल परिवर्तन गरेको छ।
यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा गर्ने निर्णय गरेको हो। शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको पार्टी सचिवालय बैठकले स्थल परिवर्तन गर्ने निर्णय गरेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशन काठमाडौंमै आयोजना गरिनेछ।
‘पार्टीको एघारौं महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय पहिले नै भएको हो,’ ज्ञवालीले भने, ‘तर अब पोखराको सट्टामा काठमाडौंमै गर्ने निर्णय भएको छ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1













