इलाम । सूर्योदय नगरपालिका–१ मकरजुङका किसानले लगाएको धान पाकेर पहेंपुर सुन्दर दृष्य देखिएको छ ।

यहाँ  प्रशस्त धान खेती हुने गर्छ। फिक्कल बजारबाट करिब आठ किलोमिटर उत्तरपूर्वमा अवस्थित यस गाउँमा क्षेत्री, ब्राह्मण, राई, लिम्बू, तामाङ र दर्जी समुदायको बाक्लो बसोबास छ।

हालै स्थानीय सरकारले सडक कालोपत्रे गरेपछि गाउँले उत्साहित छन्। उनीहरूका अनुसार बाटो सुधारिएसँगै खेतीका सामग्री ओसारपसार सहज भएको छ। तर, धान खेतीमा अझ सुधार ल्याउनका लागि खानेपानी र सिंचाइको दीर्घकालीन समाधान आवश्यक रहेको किसानहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0