काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी त्यागेर नयाँ अभियान सुरु गर्ने घोषणा गरेका छन्।

परियारले रास्वपाको सदस्यबाट राजीनामा दिँदै पत्र कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन्। उनी विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक थिए।

पार्टीभित्र पछिल्लो समय चलिरहेको नेतृत्व परिवर्तनको बहसमा परियार पनि सक्रिय थिए। यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशन बोलाउनुपर्ने माग राखेका थिए।

परियारले पार्टी छाडेर अब नयाँ अभियानमार्फत आफ्नो राजनीतिक यात्रालाई नयाँ मोड दिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0