शिवसताक्षी । झापाको शिवसताक्षी ८ स्थित श्री अरुणोदय आधारभूत विद्यालयको जीर्ण अवस्थामा रहेको टिनको छाना फेरिने भएको छ । वैदेशिक रोजगारीका लागि इजरायलमा रहेको दुई महिलाले विद्यालयमा छानो लगाउन रकम उपलब्ध गराएका छन् ।
झापाको सुरुङ्गा निवासी हाल इजरायलमा रहेका चन्द्रथापा मगर, नम्रता पाठकले विद्यालयको छाना फेर्न रकम उपलब्ध गराएको विद्यालयकी प्रधानाध्यापक ताराकुमारी लावतीले जानकारी दिइन् । उनले विद्यालय हातामा रहेको एउटा रुखको हाँगा काट्ने क्रममा रुखको हाँगा लागेर विद्यालयको छाना (जस्ता पाता) मा क्षति पुगेको जानकारी दिइन् । उनले भनिन् जस्ता पाता पुरानो भइसकेको थियो । रुखको हाँगाले अझ क्षति पुग्यो ।
स्थानीय सन्देश लावती र दिलिप लावतीको सहजीकरणमा वैदेशिक रोजगारीका लागि गएका महिलाहरुले विद्यालयलाई सहयोग गरेको वडाध्यक्ष सन्त फेउदिनले बताए ।
वडा अध्यक्ष फेउदिन, वडा कार्यपालिका सदस्य विवेक थिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन सिलवाल, स्थानीय अभिभावक, शिक्षकलगायतको सहभागिता थियो ।
यसै बीच अरुणोदय आधारभूत विद्यालय स्थानीय मनोज लावतीले गरीब तथा जेहेन्दारलाई छात्रबृत्तिका लागि विद्यालयमा स्थापना गरिएको अध्यक्षकोषमा ५० हजार रकम जम्मा गरेका छन् । उनले स्व. बुबाको स्मृतिमा अक्षयकोषमा रकम जम्मा गरेको विद्यालयले जनाएको छ ।












