बारा । बाराको एक सुधार केन्द्रमा राखिएका युवकको कुटपिटबाट मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको गए राति मृत्यु भएको हो । गए राति सुधार केन्द्रभित्र विवादले उग्ररुप लिएको थियो ।

विवाद बढ्दै गएपछि सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका कलैया–९, रामपुरका महतोको मृत्यु भएको थियो । महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0