शिवसताक्षी । झापा शिवसताक्षी १ स्थित फुलबारी चौकका अग्नी पीडितलाई राहत प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीले घरमा आगलागी भए लगत्तै राहत प्रदान गरेको हो ।
हिजो विहीबार १०ः४५ बजे स्थानीय टंकप्रसाद गड्तौलाको घरमा अचानक आगलागी भएको थियो । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएपछि रेडक्रस राहत लिएर पुगेको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति गोविन्द काफ्लेले जानकारी दिए ।
आगालगी भएपछि खान बस्नका लागि समस्या भएकाले रेडक्रसले तत्काल राहत उपलब्ध गराएको सभापति काफ्लेले बताए । रेडक्रस सोसाइटीले त्रिपाल, ओढ्ने ओछ्याउने, भाडावर्तन ,खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक वस्तुहरू उपलब्ध गराएको थियो ।
विद्यत सट भएर आगलागी भएको र आगलागीबाट १३ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगलागी आगलागी शिवसताक्षी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय झिलझिलेको टोली र स्थानीय बासीले नियन्त्रण लिएका थिए ।












