शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी चौथो स्व. कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिताको आज सम्पन्न क्वाटरफाइनल खेलमा झिलझिले भेट्रानले विराट भेट्रानलाई ५–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलभर आक्रामक प्रदर्शन गरेको झिलझिलेका लागि प्रविन विश्वकर्माले शानदार ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरे। उनले खेलको १६औं, ३२औं र ५३औं मिनेटमा गोल गरेका थिए। यस्तै अङ्कुर खड्गीले २८औं र ५५औं मिनेटमा थप दुई गोल गरे।

विराट भेट्रानले खेलको उत्तरार्धमा पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन। विराटका लागि प्रकाश थापाले ३५औं मिनेटमा गोल गरे भने अर्को गोल लिलाराम मगरले गरेका थिए।  खेलको म्यान अफ दि म्याच ह्याट्रिककर्ता प्रविन विश्वकर्मा घोषित भए।

अब प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल भोलि आयोजक दुधे भेट्रान -सेतो   र श्रीजङ्गा भेट्रानबीच हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५१ हजार तथा उपविजेताले रु. ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0