शिवसताक्षी । नयाँ वर्ष २०८२ को पहिलो दिन शिवसताक्षीका पर्यटकीय क्षेत्रहरु भरिभराउ देखिएको छ ।

शिवसताक्षीमा रहेका त्रिधाम अन्तर्गत दोमुखा, सताक्षीधाम र चिल्लागढ धाममा आन्तरिक तथा बाह्यि पर्यटकले भरिभराउ देखिएको हो ।

नयाँ वर्ष मनाउन शिवसताक्षी १० मा पर्ने पर्यटकीय स्थल दोमुखामा विहानदेखि नै पर्यटकहरुको आगमन रहेको दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए । उनले भने, नयाँ वर्षको पहिलो दिन पार्क भित्र मात्रै ४ हजार बढी पर्यटकले अवलोकन गरेको छन् । पार्क बाहिर पिकनिक खाने, फोटो खिच्ने रमाउने पर्यटकहरुको संख्या पनि उल्लेख्य रहेको थियो ।

दोमुखामा पछिल्लो समय पर्यटकका लागि पिङ, भिडियो तथा फोटो सुटका लागि विभिन्न कलात्मक ठाउँहरु निर्माण गरिएको छ। चालु वर्षको सुरुवातमै दोमुखा क्षेत्रको पार्कको गेटमा विभिन्न रंगीविरङ्गी छाताहरुले सजाएको छ ।
त्यस्तै शिवसताक्षीको सताक्षीधाम र रमिते डाँडा भ्यू पइटमा पनि पर्यटकहरु उल्लेख्य मात्रमा देखिएको छ ।

सताक्षीधाममा विहान देखि नै पुजा आजा गर्ने र दिउँसो घुम्नका लागि आउने पर्यटकहरु करिब पाँच हजारको संख्यामा रहेको सताक्षीधाम पर्यटन विकास समितिका अध्यक्ष कालीप्रसाद रिजालले जानकारी दिए । उनले भने, विहान पुजा गर्नेको संख्या धेरै थियो भने, दिउँसो नयाँ वर्ष मनाउनेहरुको सँख्या धेरै देखिएको थियो । यता शिवसताक्षीको चिल्लागढधाममा पनि पर्यटकहरुले अवलोकन गरेको चिल्लागढधाम पर्यटन विकास समितिले जनाएको छ ।

कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेसँगै कोशी प्रदेशका पर्यटकीय क्षेत्रहरु चलायमान देखिएको छ। कोशी प्रदेशले पर्यटकका लागि ८२ गन्तव्य तय गरेको छ । पर्यटनबाट २ हजार नयाँ रोजगारी सिर्जना गर्नेगरी तेह्रथुम,सङ्खुवासभा, र ताप्लेजुङको सङ्गम स्थल तिन जुरे मिल्के जलजले क्षेत्रमा रहेको आर आर गार्डेनबाट पर्यटन वर्षको उद्घाटन गरिएको थियो । पर्यटन वर्षमा कोशी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0