शिवसताक्षी । महिलाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका वडा नं. ९ को कार्यालयमा पाँच दिवशीय उद्घोषण तालिम आजबाट सुरु भएको छ ।
शिवसताक्षी नगरपालिकाको आयोजना, सतासीधाम जेसीजको समन्वय, एविसी नन ओभन झोला उद्योगको सहजीकरणमा पाँच दिवसीय उद्घोषण तालिमको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेकी हुन् ।
उद्घाटन सत्रमा बोल्दै उपप्रमुख कार्कीले महिलाहरुलाई पनि पुरुष सरह काम गर्न सक्ने, हरेक कार्यक्रम बोल्न सक्ने र हरेक संघ संस्थामा महिलाहरुले पनि नेतृव्व लिन सक्ने गरे बाचन कला अर्थात उद्घोण तालिमको आयोजना गरिएको बताइन् ।
आजको तालिमको सहजीकरण सतासीधाम जेसीजकका वर्ष २०२५ का अध्यक्ष पदमजंग कुँवर र पत्रकार सरोज भट्टराईले सहजीकरण गरेका थिए ।
सहजकर्ता कुँवरले उद्घोण गर्दा ध्यान दिनु पर्ने, बोल्दा अपनाउनु पर्ने सावधानका विषयमा चर्चा गरेका थिए । सहजकर्ता भट्टराईले उद्घोषण साथ साथै सामाजिक सञ्जालमा आफ्ना कुराहरु कसरी प्रस्तुत गर्ने विषयमा सहजीकरण गरेका थिए ।
तालिमको उद्घाटन सत्रमा नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछाने, वडा न. ९ र १० का जनप्रतिनिहरुको उपस्थिति रहेको थियो । वडाध्यक्ष डिल्ली लाल फेम्बूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सतासीधाम जेसीजका महासचिव मन्जिल नेपालले गरेका थए ।
रक्षा नेपाल
