शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक  सहयोग तथा शिवसताक्षी नगरपालिका संघको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन (SaMi) परियोजना अन्तर्गत मानव बेचबिखन विरुद्धको सबलीकरण कार्यक्रम आज वडा नं. ८ को सर्वोदय मण्डली भवनमा सम्पन्न भएको छ।

कार्यक्रममा फिर्ती आप्रवासी, सम्भावित आप्रवासी कामदारका परिवारका सदस्यहरू, नागरिक समाजका बुद्धिजीवी वर्ग, समाजसेवी तथा स्थानीय अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारी र मानव बेचबिखन विरुद्ध अन्तरक्रिया तथा अनुभव साटासाट गरिएको थियो।

सो अवसरमा वैदेशिक रोजगारीमा सफल भएर फर्किएका व्यक्तिहरूले आफ्नो सफलता सँगसँगै दक्षता बिना दलालको भरमा विदेश गएर असफल भएका पीडादायी अनुभवहरू समेत साझा गरेका थिए। सम्भावित आप्रवासीहरूलाई यस्ता अनुभवहरूबाट सिक्दै दक्ष भएर मात्र वैदेशिक रोजगारीमा जान प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सामाजिक परिचालक  चिरञ्जीवी लुइटेलले जानकारी दिनुभयो।

सहभागीहरूले वैदेशिक रोजगारीमा जानुपूर्व सिप सिकेर दक्षता हासिल गर्नु आवश्यक रहेको, आफ्नै देशमै स्वरोजगार बन्ने अवसरहरू पहिचान गर्नु पर्ने, साथै सिपको माग अनुसार तालिम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहभागीहरूले हरेक टोल टोलमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। ५२ जना सहभागीहरूको सहभागिता रहेको कार्यक्रममा वडा नं. ८ का परियोजना सल्लाहकार समितिका सदस्य  देवनारायण फुएलको सभाध्यक्षता रहेको थियो। साथै मन्दिर सल्लाहकार समिति संयोजक श्री हेमराज पाण्डे लगायत समाजका अग्रज तथा विशिष्ट व्यक्तिहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रमले सुरक्षित वैदेशिक रोजगारी र मानव बेचबिखन विरुद्धको चेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0