झापा । मोटरसाइकल दुर्घटनामा शिवसताक्षी नगरपालिकामा कार्यरत एक अधिकृत गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ करिब ७ः५० बजे कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा चारपानेबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–००१ ब १३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाइभर्सनको नालीमा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ स्थायी घर भई हाल शिवसताक्षी नगरपालिकाको प्रशासन शाखामा कार्यरत ४२ वर्षीय ईश्वरकुमार भट्टराई गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको छ।

प्रहरीका अनुसार भट्टराईको निधार र टाउकोमा गम्भीर चोट लागेको छ भने नाकको हड्डीसमेत भाँचिएको छ। उनको अवस्था चिन्ताजनक रहेकाले अस्पतालको आईसीयूमा राखी उपचार भइरहेको छ। भट्टराई हिजो कार्यालयमा अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0