काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनमा मतदाताको सहभागिता बढाउने उद्देश्यसहित फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारसँग सिफारिस गरेको छ ।

आयोगका अनुसार मतदान प्रक्रियामा अधिकतम सहभागिता सुनिश्चित गर्न र मतदाता अनुकूल वातावरण सिर्जना गर्न उक्त अवधि बिदा आवश्यक हुने निष्कर्षसहित सरकारलाई प्रस्ताव पठाइएको हो ।

सरकारको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धी अन्तिम व्यवस्था कार्यान्वयनमा आउने बताइएको छ। आयोगले सिफारिस गरे अनुसारको निर्णय भए निर्वाचनको समयमा एक साता नै बिदा हुनेछ।

यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ।

‍‍यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0