दमक। केपी शर्मा ओलीले देशलाई सही दिशामा अघि बढाउने र सम्हाल्न सक्ने शक्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले) मात्र रहेको बताउनुभएको छ।

दमकस्थित झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आज आयोजित नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनपछि एमालेकै नेतृत्वमा देश अघि बढ्ने दाबी गर्नुभयो।

उहाँले देशमा भएको तोडफोड, आगजनी तथा विध्वंसात्मक गतिविधिले लोकतन्त्र र राष्ट्रलाई क्षति पुर्‍याएको उल्लेख गर्दै यस्तो अवस्थाबाट देशलाई जोगाउने जिम्मेवारी एमालेले लिन सक्ने बताउनुभयो। “एमाले सधैं जनताकै बीचमा रहेको पार्टी हो,” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले अराजकता फैलाएर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता खलबल्याएर निर्वाचन जित्न नसकिने स्पष्ट पार्नुभयो। उहाँले जनतामाझ पुगेर काम गर्ने, देशलाई समृद्धिको मार्गमा अघि बढाउने तथा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा नागरिकको पहुँच विस्तार गर्ने पार्टी एमाले नै रहेको दाबी गर्नुभयो।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओली आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुनुहुन्छ। उहाँकै गृहनगर दमकबाट युथ भोलेन्टियर्सले कोशी प्रदेश कमिटी घोषणा गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0