डा. स्वर्णिम वाग्लेको क्षेत्रमा चुनाव प्रचार गर्न आएनन् बालेन
काठमाडौं । तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले दमौली आउदै गर्दा विरोध प्रदर्शन गरिएको हो ।
दर्जनौको संख्यामा रहेका उज्यालो नेपालका कार्यकर्ताले कार्यक्रम स्थलभन्दा केही वर बाटो छेकेर बसेका थिए । रविको गाडी आएपछि प्रहरीले भिड पन्छाएर बाटो खुला गरेको थियो । त्यसक्रममा प्रहरीले सामान्य बल प्रयोग गर्यो । प्रहरीसँगको झडपमा एकजना घाइते भएका छन् ।
रवि भिडबाट अघि बढेर रवि र स्वर्णिम सरासर कार्यक्रमस्थलतर्फ लागे । दमौलीमा रास्वपाको कार्यक्रम भने शान्तिपूर्ण रह्यो ।
स्वर्णिमको क्षेत्रमा आएनन् बालेन
दमौलीमा रविसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह पनि आउने भनिएको थियो । स्वर्णिमले नै रवि र बालेनको भ्रमण रुटसहितको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका थिए । तर बालेन तनहुँ आएनन् । चितवनमा रविसँगै मञ्च सेयर गरेका उनी त्यहाँबाट सिधै काठमाडौं फर्किएका छन् ।












