काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता चयन गरिएको छ।

रास्वपा केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले साहलाई दलको नेता बनाउने प्रस्ताव गरेका थिए।

यस प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत रूपमा पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

साहको संसदीय दलको नेतामा चयनसँगै उनी प्रधानमन्त्री बन्ने मार्गमा अघि बढेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0