काठमाडौ ।  जिल्ला अदालत काठमाडौं ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश विष्णुप्रसाद अवस्थी को इजलासले अनुसन्धानका लागि चैत १९ गतेबाट लागू हुने गरी म्याद थप गरेको हो। सूचना अधिकारी दीपककुमार श्रेष्ठ का अनुसार लेखकको बयान सकिएको छ भने ओलीको बयान जारी छ।

यसअघि पाँच दिनको म्याद सकिएपछि पुनः हिरासत थप गरिएको हो। अदालतले ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उपचारमा असर नपर्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले दुबै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सिफारिस गरेको थियो। पक्राउविरुद्ध दुवैले सर्वोच्च अदालत मा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका छन्, जसमा सुनुवाइ जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0