मकवानपुर । मकवानपुरमा यात्रुवाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो।
काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डमा सडकबाट करिब १ हजार मिटर तल खसेको हो। दुर्घटनामा मृत्यु हुने चारै जना पुरुष रहेका छन्। घाइतेमध्ये दुई जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरूको विस्तृत विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












