शिवसताक्षी । नेपाली कांग्रेसका एकजना पुराना कार्यकर्ता पशुपति दाहालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
झापाको शिवसताक्षी नगरपालिका–११, झिलझिले निवासी दाहालले आफ्नो फेसबुकमार्फत पार्टी छोडेको घोषणा गरेका हुन्।

उनले आफ्नै फेसबुक वालमा लेखेका छन् की म पशुपति नाथ दाहाल झापा जिल्ला शिव शतासी नगरपालिका वार्ड नं ११ बस्ने लामो समयदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य तथा झापा क्षेत्र नम्बर ४ ूको निर्वाचित क्षेत्रीय सदस्य समेत रहेर काम गरिरहेको सबैलाई अवगतै छ। आफ्नै घरायसी समस्याका कारण आजको मितिबाट नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको वडा,नगर,क्षेत्र र जिल्लालाई जानकारी गराउँछु।
दाहालले पार्टी परित्याग गरेपनि अब कुनै नयाँ राजनीतिक दलमा आवद्ध हुने वा स्वतन्त्र रहने भन्नेबारे भने खुलाएका छैनन्। पार्टीभित्र उनले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।












