शिवसताक्षी । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ शिवसताक्षी नगर अध्यक्षमा महेन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन्। भट्टराईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति र्निविरोध निर्वाचित भएको हो।

समितिमा उपाध्यक्ष गणेश राई, सचिव गोविन ल्वागुन कोषाध्यक्ष रिना दर्नाल निर्विरोध  निर्वाचित भएका छन्। यसैगरी सदस्यमा होमकुमारी भट्टराई, प्रतिभा मिश्र, मंगलीमाया सुब्वा, भीमप्रसाद  भारती, राम ढुङ्गाना निर्वाचित भएका छन् ।

आज (शुक्रवार) राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दुधेमा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगा हाङ थोप्राको प्रमुख आतिथ्मा भएको थियो । कार्यक्रममा महासंघका केन्द्रीय चन्द्र प्रसाईको विशेष आतिथ्य र शिवसताक्षी नगर शिक्षा प्रमुख छवि ढकाल, महासंघका प्रदेश सदस्य होम पाठक, महासंघ कनकाई नगर अध्यक्ष पुण्य ओझा नेपाली कांग्रेसका नेता पर्शुराम ढुङ्गानाको आतिथ्य रहेको थियो ।

 महासंघका जिल्ला संयोजक बुद्धिमान कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महेन्द्र भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0