झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लहडकै भरमा सडकमा मानिस उतार्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् ।
राजा बन्न मन लागेको भए संविधान भित्र रहेर जनमत लिनुस्ु पूर्वराजा ज्ञानेन्द्र शाहलाई जननतको सामना गर्न चुनौती दिँदै महामन्त्री शर्माले भने, चुनाव जितेर राजा बन्नु हुन्छ भने परिणामलाई मान्न कांग्रेस तयार छु । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा हुन मन लागेको हो? भनेर प्रश्न समेत गरे ।
२०८४ सालको निर्वाचनमा सहभागी हुनुस्, जनमत लिनुहोस्, जनताले मत दिए भने तपाई राजा पक्का होु शुक्रबार झापा–४ प्रदेश क्षेत्र १ को क्षेत्रीय पार्टी कार्यालय उद्घाटन क्रममा बोल्दै महामन्त्री शर्माले कानुनी प्रक्रियामा आएर राजा बन्न चाहानु हुन्छ भने कांग्रेसले २०८४ को आमनिर्वाचनलाई जनमत संग्रहको रूपमा लिन तयार छ । संविधानलाई कुल्चिने र पालो आयो भनेर जनता भड्काउने छुट कसैलाई नभएको शर्माको भनाइ छ । महामन्त्री शर्माले संविधानले व्यवस्था परिवर्तनका लागि स्पष्ट मार्ग निर्देश गरेको उल्लेख गरे ।
संविधान संशोधन गर्न संसदको दुई तिहाइ बहुमत आवश्यक हुन्छ, यो कानुनी व्यवस्था होु । त्यसका लागि निर्वाचन मार्फत दुई तिहाई बहुमत जुटाउनुपर्छ, सडकमा जनता भेला पारेर उफार्दैमा व्यवस्था परिवर्तन हुँदैन । शर्मामाले जनता उकासेर मुठभेट निम्त्याएकोले चैत १५ गतेको हताहातीको जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनु पर्ने बताए ।
कार्यक्रममा कांग्रेस झापा सभापति देउकुमार थेवे, कोशी प्रदेश सदस्य उत्तमबहादुर चम्लागाईँ, झापा ४ का क्षेत्रीय सभापति जयनारायण साह, महासमिति सदस्य सीताराम भट्टराई, प्र्देश सांसद लक्खीकुमारी गणेश, स्थानीय नेताहरू पर्शुराम ढुंगाना, मचिन्द्र शेर्मा, झापा ४ प्रदेश क्षेत्र १ सभापति विनोद ढकाल, सचिव निरोज दुलाल, शिवसत्ताक्षी नगर सभापति अशोक बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पार्टी कार्यालय भवन निर्माणका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने ४५ जनालाई सम्मान गरिएको कार्यक्रममा गत निर्वाचनमा संघीय लिम्बुवान पार्टीका तर्फबाट झापा ४ ९१० मा प्रदेश सांसद उम्मेदवार रहेका उमानाथ दमाई र राप्रपाका शिवसताक्षी नगर सदस्य जितेन्द्र लावती कांग्रेसमा प्रवेश गरेको स्थानीय नेता भास्कर न्यौपाने जानकारी दिए ।












