झापा । अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक तथा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज सालबारी सहिद स्मृति पार्कमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
अनेमसंघको बिधान ,नीति तथा कार्यक्रम साथै बर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा अनेमसंघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्ले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा पार्टी र संगठनमा अनुशासन, सक्रियताको सन्दर्भमा केन्द्रिय अनुशासन आयोगकी सदस्य लीला कट्टेल कार्कीले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनद्वारा पारित कार्यदिशा, कार्यभार, र जवजको मागर्दशन, सिद्धान्त लगायतका विषयमा उठान गरिएको थियो । अनेमसंघले सञ्चालन गरेको महिला आन्दोलनका इतिहास त्यसको उपलब्धिको बारेमा पनि चर्चा गरिएको संगठन विभाग प्रमुख तथा अनेम संघ जिल्ला कमिटी झापाकी सचिव कोपिला चम्लागाईले बताउनु भयो ।
पार्टी लेखा आयोग सदस्य जसमाया गजमेर, अनेम संघ केन्द्रिय सदस्य तथा झापा इन्चार्ज टिका घिमिरे पनि सहजीकरण गर्नु भएको थियो ।
पार्टीको जरा केन्द्रिय अभियान ,चैत ३० गते दमकमा हुने जागरण सभा, महिला शसक्तिकरणको सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटी सदस्य बलदेव गोम्देन, अनेमसंघ कोशी प्रदेश सचिव हेमकला कट्टेल, नेकपा एमाले महिला फाँट इन्चार्ज पबित्रा पाठकले चर्चा गर्नु भएको थिायो ।
अनेमसंघ जिल्ला कमिटी झापाकी अध्यक्ष लिला दाहालको अध्यक्षतामा भएको कार्यक्रम सचिव कल्पना चम्लागाईले गर्नु भएको थियो ।












