शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को आज भएको पहिलो सेमीफाइनल खेलबाट वडा नं. १० फाइनलमा प्रवेश गरेको छ । वडा नं. ८ लाई २– १ गोल अन्तरले हराउँदै वडा नं. १० फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै आजै भएको दोस्रो सेमी फाइनल खेल स्थगित भएको छ । वडा नं. २ र ७ बीच भएको सेमीफाइनल खेल विचैमा स्थगित भएको छ ।
वडा नं. २ र ७ बीच खेल निर्धारित समयमा २÷२ गोल बराबरीमा रहेपछि ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइबेकरमा खेल बराबरी भएपछि अध्यारोका कारण खेल स्थगित गरी भोलि खेलाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












