शिवसताक्षी । झापाको शिवसताक्षीमा एक दिवशीय सुरक्षित आप्रबासन मार्फत मानव बेचविखन विरुद्ध सवलिकरण परियोजना अन्तर्गत अभिमूखीकरण सम्पन्न भएको छ । शिवसताक्षीको वडा नं. ८ स्थित निम्बस माध्यमिक विद्यालयमा मिसियो म्युनिखको आर्थिक सहयोग, शिवसताक्षी नगरपालिकाको समन्वय र कारिता नेपालको आयोजनामा एक दिवसीय अभिमूखीकरण सम्पन्न भएको हो ।

कार्यक्रममा कारितास नेपाल प्रादेशिक कार्यालय दमकका प्रवन्धक शंकरकुमार पौडेलले अभिमुखकीकरणले लक्षित समुदायलाई सचेतना तथा आवश्यक सीप प्रदान गर्ने उद्देश्यले राख्दै उनीहरूलाई सुरक्षित आप्रवासनका उपायहरू अवलम्बन गर्न मद्दत गर्ने बताए ।

उनले मानव बेचविखनका खतरा, चिनारीका तरिका, तथा बच्ने उपायहरूबारे जानकारी प्रदान गर्ने, सुरक्षित आप्रवासनका प्रक्रिया, कानुनी पक्ष तथा जोखिम न्यूनीकरणका उपायहरू बुझाइने बताए ।

अभिमूखीकरण कार्यक्रममा मानव बेचविखन तथा जबरजस्ती श्रम विरुद्ध रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था बारे जानकारी दिएको थियो । त्यस्तै सुरक्षित रोजगारीका अवसरहरू, स्व–रोजगारीका उपायहरू, तथा उद्यमशीलता बन्न सरल उपायहरुको खोजी गर्न सरोकारवाला निकाय, स्थानीय सरकार, नागरिक समाज र अन्य सम्बद्ध निकायहरुसँग सहकार्य र परामर्श गर्न सकिने बारे जानकारी गराइएको थियो । त्यस्तै वैदेशिक रोजगारीमा जानु अघि ध्यान पुर्याउने कुरा त्यहाँ सामना गर्ने चुनौतिहरुको विषयमा चर्चा गरिएको कारितास नेपालका परिचालक चिरञ्जिवी लुईटेलले जानकारी दिए ।

अभिमूखकीकरणमा सहकजीकरण शिवसताक्षी नगरपालिकाका रोजगार संयोजक विदुर तिम्सिना, सतासीधाम जेसीजका पूर्व अध्यक्ष कुमारसिंह साँवा, वर्तमान अध्यक्ष पदमजंग कुँवरले गरेका थिए ।

कार्यक्रममा कारितास नेपाल दमकका वरिष्ठ परियोजना अधिकृत हिमालयन अधिकारी, सहायक अधिकृत सन्तोशी थन्दार, वरिष्ठ युनियनकर्मी सञ्जाल कर्मी सदस्य जिफन्डका राजिव घिमिरे, सतासीधाम जेसीजका पूर्व अध्यक्ष निर्मला प्रधान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एक सय बढीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0