शिवसताक्षी । राष्ट्रिय स्वतन्त्र पार्टीको शिवसताक्षी नगर सभापतिमा गंगाराम कडरिया निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशनबाट सभापतिमा कडरिया निर्वाचित भएका हुन् । उनले ६४ मत प्राप्त गरेका छन भने उनका प्रतिश्पर्धी तुलसीराम खनालले ३० मत प्राप्त गरेका थिए ।
त्यस्तै उपसभापतिमा गोमा अधिकारी निर्वाचित भएका छिन् । अधिकारीले ६० मत प्राप्त गरेकी थिइन् भने दिपा आचार्यले ३२ मत प्राप्त गरेकी थिइन् । अधिवेशनले सचिवमा पूर्ण बहादुर लकान्द्री र सह सचिवमा राधाकृष्ण घिमिरे सर्वसम्मत चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नगर समितिले जनाएको छ ।

त्यस्तैगरी अधिवेशनले सदस्यहरु सर्वसम्मत चयन गरेको छ । सदस्यहरुमा यामप्रकाश चेम्जोङ्ग, लतादेवी ढुंगेल, गोपिनाथ गौतम, शिवकुमार मैनाली, श्रीप्रसाद मैनाली, वेदकुमार अधिकारी, सावित्रा थापा रहेका छन् । अधिवेशनले १३ सदस्यमा ११ सदस्य चयन गरेको छ भने दुई सदस्य पछि मनोनित गर्ने बताइएको छ ।
नगर अधिवेशन शिवसताक्षी ६ स्थित ज्येष्ठ नागरिक भवनमा भएको थियो ।












