झापा । नव वर्षका दिन मोटरसाइकल दुर्घटनामा परि झापाको शिवसताक्षीमा एक बृद्धको मृत्यु भएको छ।
हिजो बैशाख १ गते दुर्घटनामा परि घाइते भएका शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुष्प दास दर्जीको उपचारको क्रममा आज मृत्यु भएको हो।
शिवसताक्षी –८ बुद्धचोकमा पैदल हिँडिरहेका उनलाई डुँडामारी चोकबाट झिलझिलेतर्फ आउँदै गरेको प्र १–०१– ०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
घाइते भएका दर्जीलाई स्थानीय लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिलेमा सामान्य उपचार पश्चात बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो।
उनको उपचारकै क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। दुर्घटनाको मोटरसाइकल चालक शिवशताक्षी– ८ का ३० वर्षीय दुरेन शेर्मा लिम्बुलाई इलाका प्रहरी कार्यालय झिलझिले नियन्त्रणमा लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1












