शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखामा एक वेवारिसे पुरुषको शव फेला परेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखाको चिल्ड्रेन पार्कमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । आज दिउँसो १२ः३० बजे नाम वतन नखुलेको

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा रहेको दोमुखा चिल्ड्रेन पार्कमा एकजना पुरुषको बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज दिउँसो १२ः३० बजेतिर नाम, थर र वतन नखुलेको पुरुषको शव भेटिएको हो । केही दिनदेखि ती व्यक्ति त्यहीँ मागी हिँड्ने गरेका थिए ।

मृतकको हुलिया सार्वजनिक गरिएको र शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0