शिवसताक्षी । झापाको शिवसताक्षीमा एक बृद्धको नहरमा हाम फालेर आत्म हत्या गरेका छन् । शिवसताक्षी न.पा. ७ निवासी ७८ वर्षीय राधाकृष्ण सोडारीले नहरमा हाम फालेर आत्म हत्या गरेका हन् ।

आज करिव विहान ८ बजेको समयमा बृद्ध सोडारी उनकै घर नजिकको नहरमा हाम फालेको स्थानीय बासीले बताए । नहरमा पानीको बहाब धेरै भएकाले तत्काल उद्धार गर्न नसकेपछि तत्काल प्रहरीलाई खबर गरेको स्थानीयले बताए ।

प्रहरीको सहयोगमा नहरचौक पश्चिमको साइफनबाट उनको शव निकालिएको स्थानीय पुष्प सापकोटाले जानकारी दिए । घटनाको विषयमा मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0