कनकाई । झापाको कनकाई नगरपालिका क्षेत्रका २०८ घरधुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट जग्गाको धनीपुर्जा प्राप्त गर्ने भएका छन्। सुकुम्वासी, भुमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरूको दीर्घ प्रतीक्षा शनिबार साकार बन्ने भएको छ।

शनिबार दिउँसो ३:३० बजे कनकाई उद्योग वाणिज्य संघको हलमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओली स्वयंले धनीपुर्जा हस्तान्तरण गर्ने कार्यक्रम तय भइसकेको भुमि इकाई समिति कनकाईकी संयोजक रञ्जिता कट्टेलले जानकारी दिनुभयो।

२०७४ सालदेखि कनकाई नगरपालिकाले सुकुम्वासी, दलित तथा अन्य अव्यवस्थित समुदायका नागरिकलाई जग्गाको अधिकार सुनिश्चित गर्न पहल गर्दै आएको थियो। तर, ८ वर्षको अवधिमा मात्र १६० जनालाई धनीपुर्जा वितरण भएको तथ्यांक रहेको अवस्थामा एकैपटक २०८ जनालाई वितरण हुन लागेको धनीपुर्जा यस नगरपालिकाको इतिहासमै ठूलो उपलब्धि मानिएको छ।

शनिवार कनकाईमा वडानम्बर ३ मा मात्रै भुमिहिन सुकुम्वासी ५३ जना, भुमिहिन दलित ३ जना र अव्यवस्थित बसोबासीको आधारमा ७१ ज्ना गरि कुल १२७ घर परिवारले जग्गा धनीपुर्जा प्राप्त गर्दैछन ।

यसवाहेक वडानम्बर ६ मा अवस्थित बसोबासीको आधारमा ६६ परिवार, भुमिहिन दलित तर्फ २ जना र सुकुम्वासीको आधारमा १२ जना गरि जम्मा ८० जनाले र कनकाई ८ नम्बर वार्डमा १ जना सुकुम्वासीले प्रधानमन्त्री ओलीको हातबाट धनीपुर्जा प्राप्त गर्ने भुमि इकाई समिति कनकाईकी संयोजक रन्जिता कट्टेलले बताउँनुभयो ।

कोशी प्रदेशमा सबैभन्दा बढी काम भएर पनि कम सङ्ख्यामा धनीपुर्जा वितरण भएको भनेर आलोचना हुदै आएको कनकाई नगरपालिकामा इतिहासकै सबैभन्दा बढी सङ्ख्यामा एकसाथ धनीपुर्जा प्राप्त गर्ने भएसगै यस क्षेत्रमा खुसियाली छाएको छ । कनकाई नगरपालिका क्षेत्रमा आगामि मंसिर महिनाभित्रै थप ५००० सुकुम्वासी, अव्यवस्थित बसोवासी र दलितलाई धनीपुर्जा वितरणको तयारी अन्तिम अवस्थामा पुर्याइसकेको कनकाई नगरपालिका भुमि इकाई समितिले जनाएको छ ।

कनकाई नगरपालिका भुमि इकाई समितिका अनुसार आगामी मंसिर महिनाभित्रै थप ५ हजार जना सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेशभर जग्गा व्यवस्थापनको काम अगाडि बढाइरहे पनि धनीपुर्जा वितरणमा कनकाईको प्रगति न्यून रहेको आलोचनाबीच हालको प्रयासले सुखद सन्देश दिएको छ। स्थानीय स्तरमा एकसाथ यति ठूलो संख्यामा धनीपुर्जा वितरण हुने यो पहिलो घटना भएकाले कनकाई क्षेत्रमा उत्साह र खुसियाली छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0