काठमाडौं । सुनसरीमा गोली लागेर सिटी सफारी चालकको मृत्यु भएपपिछ तनाव उत्पन्न भएको छ ।

प्रहरीका अनुसार गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकै भएको उक्त घटना सशस्त्र प्रहरीकै गोली प्रहारबाट भएको खुलेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको दुई वटा अटो सिटी सफारी चेकजाँच गर्न खोज्दा एउटा अटोमा सवार व्यक्तिले गोली चलाएपछि सशस्त्रले जवाफी फायर गरेको दाीबी गरेको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार एसएलआरबाट पाँच राउन्ड गोली चल्दा सिटी चालक लौकलीका अन्दाजी ४५ वर्षीय विजयको घटनास्थलमै मृत्यु भएको हो ।

सिटी चालकको मृत्यु भएपछि उक्त स्थानमा सयौंको संख्यामा सर्वसाधारण जम्मा भएका छन् । स्थानीयको भीड बढेपछि प्रहरीले घटनास्थल नियन्त्रणमा लिन रिजर्भ टोलीले दुई सेल अश्रु ग्यास फालेर तितरवितर पारेको छ । यता प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0