विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या र कानूनी अपराध भएको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज ‘बालविवाह विरुद्ध प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै उनले बाल विवाहबाट उनीहरुको मानसिक एवं शारिरिक स्वास्थ्यमा गम्भिर असरपर्ने भएकोले यसको नियन्त्रणमा सबै जिम्मेवार पूर्वक लाग्नुपर्नेमा जोड दिएका हुन् ।

उक्त हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्री। सरकारका मन्त्री प्रमुख सचिव, सचिव एवं सामाजिक अभियन्ता र विद्यालयका बालबालिकाको उपस्थिति रहेको थियो । बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालले कार्यक्रमको संयोजन गरेको थियो ।

सरकारको सन २०३० सम्म बाल बिवाह मुक्त गर्ने लक्ष्य रहेको छ । प्रतिबद्धतापत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले वालविवाह समाप्त गर्ने प्रतिबद्धता उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0