झापा । झापाको शिवसताक्षी नगरपालिकाले माघे संक्रान्ति पर्वका अवसरमा माघ २ गते स्थानीय विदा दिने निर्णय गरेको छ।

नगरपालिकाले जनाएको अनुसार वर्षौंदेखि शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई नदीको पश्चिम किनारमा माघे संक्रान्ति मेला लाग्दै आएको छ। पछिल्ला वर्षहरूमा शिवसताक्षी नगरपालिका वडा नं. ५ भेलामुनी क्षेत्रको कनकाई नदी किनारमा समेत मेला सञ्चालन हुँदै आएको छ।

परम्परागत रूपमा मकर स्नान गर्ने तथा मेला भर्ने चलन रहँदै आएकोले नगरबासीहरूको सहभागिता र सहजताका लागि कार्यपालिका बैठकको निर्णयअनुसार माघ २ गते स्थानीय विदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

उक्त दिन अत्यावश्यक सेवाबाहेक शिवसताक्षी नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य नगरस्तरीय कार्यालयहरू बन्द रहने जनाइएको छ।

Scanned Image
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0