झापा । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–५ सिमलबोट हरिचौरका युवा विपिन श्रीस (मगर) नेपालका सबै ७५३ वटै स्थानीय तह पैदल यात्रा गर्दै भ्रमणमा निस्किएका छन्।

नेपालमै बसेर काम गर्न सकिने वातावरण निर्माणका लागि देशका सबै पालिका र त्यहाँको सामाजिक, आर्थिक तथा भौगोलिक परिवेश बुझ्ने उद्देश्यसहित आफू यात्रामा निस्किएको विपिन मगरले जानकारी दिए। उनले २०८२ साल वैशाख १ गते दोलखाको सैलुङ गाउँपालिकाबाट आफ्नो यात्रा सुरु गरेका हुन्।

पैदल यात्राकै क्रममा उनी हिजो झापाको शिवसताक्षी नगरपालिका आइपुगेका छन्। हालसम्म देशभरका १०५ वटा पालिका भ्रमण गरिसकेका उनले सम्पूर्ण ७५३ पालिकाको यात्रा पूरा गर्न करिब ४ देखि ५ वर्ष लाग्ने अनुमान गरेका छन्।

देशका विभिन्न भेगमा रहेका अवसर, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्दै युवालाई स्वदेशमै श्रम, सीप र सम्भावनाको खोजी गर्न प्रेरित गर्ने लक्ष्यसहित आफू निरन्तर यात्रामा रहेको विपिन मगरले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0