शिवसताक्षी ।  शिवसताक्षी नगरपालिका, झापाले परम्परागत रूपमा मनाइने सोहराय पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको मिति २०८२/१०/१५ को निर्णयअनुसार यही  माघ १८ गते आइतबार  शिवसताक्षी नगरपालिका क्षेत्रभित्रका अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहने नगरपालिकाले जनाएको छ।

स्थानीय समुदायको सांस्कृतिक पहिचान र परम्पराको सम्मानस्वरूप दिइएको यस बिदाले नगरभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा लागू हुनेछ।

नगरपालिकाले सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि यो सूचना सार्वजनिक गरिएको बताउँदै सोहराय पर्वलाई सभ्य, सुरक्षित र हर्षोल्लासका साथ मनाउन आग्रह गरेको छ।

Scanned Image
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0