भद्रपुर। झापामा वैदेशिक रोजगारका समस्या, चुनौती र समाधानका विषय समेटिएको ‘सुखानी वैदेशिक रोजगार विशेषाङ्क’ म्यागेजिन आइतबार विमोचन गरिएको छ। उक्त विशेषाङ्क प्रेस क्लब भद्रपुरको आयोजनामा पत्रकार राजु पाठकको सम्पादकत्वमा तयार गरिएको हो।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला प्रमुख अतिथि रहेका थिए।

प्रमुख अतिथि कोइरालासहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, महासंघ झापा अध्यक्ष एकराज गिरी तथा वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकलगायतले संयुक्त रूपमा म्यागेजिन विमोचन गरेका थिए।

कार्यक्रममा महासंघ झापा अध्यक्ष गिरीले म्यागेजिनमाथि चर्चा गरेका थिए। क्लबका महासिचव भेसराज नेपालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि कोइराला, कोशी प्रदेश उपाध्यक्ष भण्डारी, महासंघका पूर्व अध्यक्ष तारामणि सापकोटा तथा धनबहादुर पन्धाकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन रोहित काफ्लेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0