काठमाडौँ । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार निषेध, अर्थात मौन अवधि सुरु हुँदैछ। मतदान अघिको ४८ घण्टा अघि देखि मतदान सम्पन्न नभएसम्म यो अवधि लागू हुनेछ।

निर्वाचन आयोगका अनुसार मौन अवधिमा सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता र सरोकारवालाले पालना गर्नुपर्ने नियमहरू तोकिएको छ।

मौन अवधिमा गर्न नहुने कार्यहरू

निर्वाचन प्रचारप्रसार रोक: कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाइँदैन।

भोज–भतेर, हुलहुज्जत रोक: बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज–भतेर वा जुलुस प्रदर्शन गर्न वा हुलहुज्जत वा होहल्ला गर्न नहुने।

सामाजिक सञ्जालमा कडाइ: अनलाइन, सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोष्ट, शेयर वा गराउन नहुने।

मत माग्न रोक: साउण्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न नहुने।

मतदानमा बाधा नपुर्याउने: मतदान प्रारम्भ हुनुभन्दा ३ घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा काम गर्ने कर्मचारीलाई कुनै बाधा पुर्याउन नहुने।

विज्ञापन हटाउने: राजनीतिक दल, उम्मेदवार र दलका भातृ संगठनले सामाजिक सञ्जालमा भएका विज्ञापन र प्रचार सामग्री हटाउनुपर्छ।

मतदान केन्द्रमा शान्ति कायम राख्ने: मतदान केन्द्रको वरिपरिको घर, भवन वा जग्गामा त्रास, भय वा निर्वाचन वातावरण बिथोल्ने कार्य नगर्ने।

प्रचार सामग्री हटाउने: मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाउनुपर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0